जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका हुन् ।
बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्ति नै फरार भएपछि उनीहरु अहिले बिचल्लीमा छन् ।
चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन् । जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाको दरले पाँचवटा समूह बनाइन् । प्रतिमहिना सदस्यहरुले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले । जम्मा गरेको पाँच वर्ष पनि बित्यो । तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन् । छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन् । गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन् ।
बिस्तारै जसोधाले गाउँका सामान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्याजदरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित