October 27, 2019

राजमार्गमा दिनहुँ ह्वीलचियर

पृथ्वी राजमार्गको सवारी चापलाई दिनहुँ छिचोल्दै एउटा ह्वीलचियर म्याग्दे–१ गुणादीको महेन्द्र मावितर्फ मोडिन्छ । ह्वीलचियरमा १५ वर्षीया नविना खनाल हुन्छिन् । गडाउँछन् उनका १४ वर्षीया भाइ आनन्द । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रताप रानामगरले लेखेका छन् ।

नवीना २ र आनन्द ९ कक्षामा पढ्छन् । शारीरिक रुपमा अशक्त दिदीको पढ्ने रहर पूरा गर्न भाइले स्कुल लैजाने र घर फिराउने गरेका छन् । ‘दिदीलाई लेखपढ गर्न रहर छ,’ आनन्द भन्छन्,‘त्यसैले लाने–ल्याउने गर्छु ।’

घरबाट स्कुल पुग्न २० मिनेट लाग्छ । राजमार्गको बाटो अलि ओरालो छ । कहिलेकाँही आनन्दलाई ह्वीलचियर सम्हाल्न गाह्रै पर्छ । गाडीको निकै चाप हुने भएकाले उत्तिकै सतर्क  रहनुपर्छ ।

नवीना पढाइमा लगनशील भएको कक्षा शिक्षक देवनारायण श्रेष्ठले बताए । १ कक्षाबाट उत्तीर्ण हुँदा उनी तृतीय भएकी थिइन् । ‘नवीनाका लागि विशेष कक्षा छैन,’ उनले भने,‘अरु विद्यार्थीसँगै पढाउँदै आएका छौं ।’ उनी अरु साथीजस्तै बेन्चमा बस्न सक्दिनन् । कक्षमा पनि ह्वीलचियरमै हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर