October 26, 2019

कार्यकर्ताले नै बेवास्ता गरे नेकपाको निर्देशन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारद्वारा गरिएका कामका बारेमा जनतालाई जानकारी गराउन आफ्ना नेता तथा कार्यकर्तालाई पटकपटक निर्देशन दिए पनि लक्षित नतिजा आउन सकेको छैन । यो समाचार आजको गोरखापत्रमा सुरेशकुमार यादवले लेखेका छन् ।

Image result for nepal communist party building

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा संसदीय दलको हरेकजसो बैठकमा सरकारले गरेको कामको बारेमा प्रसार नभएको गुनासो गर्दै आएका छन् । उनले पार्टीका नेता, कार्यकर्ता, सांसद, मन्त्रीहरूलाई आआफ्ना क्षेत्रमा गएर सरकारले गरेको कामका बारेमा जानकारी गराउन, भइरहेको कामको अनुगमन गर्न पटकपटक निर्देशन दिँदै आएका छन् ।

असार १६ गते नयाँ बानेश्वरस्थित संसद्भवनमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहे पनि सरकारले गरेका काम जनताका बीचमा पुग्न नसकेको भन्दै सरकारको कामलाई प्रभावकारी रूपमा प्रचार गर्न सांसद, नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७६ भदौ १३ गते अन्तरपार्टी निर्देशन–२ जारी गर्दै पार्टीले नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आमजनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर