चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
कोषको अगुवाइमा भइरहेको सर्वेक्षणले दिने आधारकै भरमा सर्प, भ्यागुता र छेपाराको वास्तविक सङ्ख्या पत्ता लगाउन अर्को अध्ययन हुने सर्वेक्षण संयोजक सन्तोष भट्टराईले जानकारी दिए ।
उनका अनुसार जसरी यी क्षेत्रमा विचरण गर्ने बाघ, गैँडा, हात्तीको महत्त्व छ, त्यसरी नै साना सरिसर्पको अवस्थिति पनि महत्त्वपूर्ण छ । सरिसर्प वर्ग केही समय पानीमा र केही समय जमिनमा बस्छ । त्यसैले जमिन र पानीको सन्तुलनमा थोरै पनि गडबड भएको खण्डमा यिनको जीवनचक्रमा नै असर पर्ने उनी बताउँछन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर