October 24, 2019

उपकुलपति छान्न आवेदन माग, एक साताभित्र दरखास्त दिनुपर्ने

काठमाडौँ, ७ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति छनोट गर्न आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको जानकारी दिए । मन्त्रालयले इच्छुक सरोकारवालालाई एक साता म्याद तोकेको छ ।

सोमबार मन्त्री पोखरेलसहितको सर्च कमिटीले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर त्रिविबाहेक अन्य विश्वविद्यालयमा आवेदन दिएकामध्येबाट उपकुलपति र सेवा आयोगका अध्यक्ष र सदस्य छनोट गर्न सहमति लिएपछि सूचना जारी गरेको हो ।

मन्त्रालयले आज बिहीबार सार्वजनिक सूचना जारी गर्ने भएको छ। मन्त्री पोखरेलसँगै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झा र केही अधिकारी सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास पुगेका थिए ।

दशैंअघि मन्त्री पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले डा. भगवान कोइराला, प्राडा धर्मकान्त बाँस्कोटा र प्राडा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ । प्रम ओलीले त्रिविबाहेक अन्य विश्वविद्यालयको हकमा योग्यता र विशिष्टताको आधारमा उपकुलपति छनोट गर्न मापदण्ड बनाएर आवेदन माग गर्न निर्देशन दिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर