October 19, 2019

टिचिङ अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौं, कार्तिक २महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गएराति एक व्यक्तिलाई सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ।

2febfc61a9ced74594bb8e6fc9dac12c_w1000_h500_cp

शुक्रबार राति अस्पतालका सर्जन डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक टोलीले रुपन्देहीका ५० वर्षका एक व्यक्तिलाई सफल ढंगले कलेजो प्रत्यारोपण गरेको हो।

२७ वर्षका छोराको कलेजो ५० वर्षका बुवालाई प्रत्यारोपण गरिएको डा.सिंहले जानकारी दिए।

टिचिङ अस्पतालले यसअघि १८ जेठ र ३ साउनमा गरी दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो। कलेजो प्रत्यारोपणमा करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ।

१८ जेठमा ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको थियो। जलेजो प्रत्यारोपण गरिएकाहरुको विवरण भने अस्तालले गोप्य राख्ने गरेको छ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि नै कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो।

तर, केन्द्रले त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म तीन जनामा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ।

मानव अंग प्रत्यारोपण केन्द्रले सफल रुपमा कलेजो प्रत्यारोपण गरे पनि त्यसयता फेरि कसैलाई कजेजो प्रत्यारोपण भएको छैन।

कलेजो प्रत्यारोपणलाई अब नियमित बनाउने योजना रहेको डा.भण्डारीले बताए।

परिवारभित्रका व्यक्तिले मात्र कलेजो दान गर्न सक्ने कानुनी प्रावधान छ। १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन्।

भारतमा कजेजो प्रत्यारोपण गर्दा ५० देखि ७० लाख खर्च लाग्ने गरेको छ।

टिचिङ अस्पतालले वार्षिक १० देखि १५ जना विरामीलाई कलेजो प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि