October 19, 2019

सहिद गंगालाल हृदय रोग केन्द्रको सफ्टवेयर ह्याक, १५ लाखको बार्गेनिङ

सहिद गंगालाल हृदय रोग केन्द्रअन्तर्गत अस्पतालको सफ्टवेयर ह्याक भएको छ । नेपालबाहिर रहेका ह्याकरको समूहले सफ्टवक गरेका हुन् । केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)लाई जानकारी दिएर सूचना गोप्य राखेको छ । यो समाचार नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन् । समूहले बिट क्वाइन रकम मागेका छन् । उनीहरुले बिट क्वाइनमार्फत फिरौती लेनदेन गर्ने, त्यसमार्फत मात्रै पैसा जम्मा हुनसक्ने बताएका छन् । यदि त्यसो नगरे अस्पतालको सबै विवरण बाहिर ल्याउने धम्की दिइरहेको अस्पताल निकट स्रोतले बतायो ।

ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन् । ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेको खुलेको छ । रकम नदिए अस्पतालसँग सम्बन्धित सम्पूर्ण सूचना सार्वजनिक गर्ने ह्याकर समूहको धम्की छ । अस्पताल प्रशासनबाट ह्याकिङसम्बन्धी कुनै पनि जानकारी नआएको प्रहरीले जनाएको छ । ह्याकिङसम्बन्धी घटनामा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कुनै पनि जानकारी नआएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर