रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । यो समाचार आजको नागरिक दैनिकमा खबर छ ।

राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए । ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन । कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने, ‘छोरो मरेको हो भने न्याय पाउनुप-यो, जिउँदै छ भने देखाइदिनुप¥यो ।’
२०६४ चैत २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ वर्षदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरिया गर्न पाउने आशा गरेका छन् ।
‘बम काण्डका मुख्य अभियुक्त आफताब आलम पक्राउ परेकाले अदालतले न्याय दिने र मैले छोराको काजकिरिया गर्ने अवसर पाउने विश्वास छ ।’
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर