चीनका राष्ट्रपति भ्रमणलाई मौसमको पनि साथ, शनिबार र आइतबार मौसम सफा रहने !

chinese-president-xi-jinpingकाठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा मौसमले पनि साथ दिने देखिएको छ । सी यही शनिबार दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् । झण्डै २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पूर्वी र मध्य भूभागमा आंशिक देखि सामान्य बदली भई पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज भने देशको पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पूर्वी पहाडमा आंशिक बदली र तराईका भूभागमा सामान्यतया सफा रहने जनाइएको छ । पूर्वका थोरै स्थानहरुका साथै मध्य र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

आज राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलीका साथै पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ । 

यस्तै शुक्रबार र शनिबार पनि मौसम पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । मनसुन पनि अब चाँडै बाहिरिने मौसमविद् मानन्धरले जनाइन् । मनसुन सेप्टेम्बर २३ देखि नै बाहिरिनुपर्नेमा यसपालि केही लम्बिएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन