October 5, 2019

नेपाल सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरु

नेपाल सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरुकाठमाडौं । नेपालसहित पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ओमानमा आजबाट सुुरु भएको छ । ओमानले आयोजना गरेको सिरिजमा आयोजक ओमानसँगै नेपाल, टेष्ट मान्यताप्राप्त राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते (भोलि) खेल्नेछ । नेपाली समयअनुसार हङकङविरुद्धको खेल बिहान ४ः१५ बजे सुरु हुनेछ ।

यस्तै आइतबार राति नै दोस्रो खेल नेदरल्याण्डसँग हुनेछ । तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको तयारीस्वरुप ओमानले पाँच राष्ट्रबीचको सिरिज आयोजना गरेको हो । सिरिजको पहिलो दिन आज घरेलु टोली ओमान र हङकङ तथा आयरल्याण्ड र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने