दशैंमा २ दिन मदिरा बिक्री वितरणमा रोक !

असोज १८, २०७६

भीमदत्तनगर – चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

दशैंमा २ र तिहारमा २ दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको  जानकारी दिए ।

मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधिलाई निरुत्साहित गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसितको समन्वयमा सो निर्णय गरिएको उनले बताए । ‘दशैंमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएको छ,’ सहायक प्रजिअ उपाध्यायले भने, ‘तिहारमा पनि भाइटीकालाई मध्यनजर गर्दै ४८ घण्टा बिक्री बन्द हुन्छ ।’

यसअघि चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउँदै आइएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी संघ, कञ्चनपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी थिए ।

यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा यहाँका बजार क्षेत्रमा स्थानीय तहसहित बजार अनुगमन गरिरहेका छन् । यस्तै सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका ९ वटै स्थानीय तहमा ८ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना