‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् ।
हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ थोकमा पाइएको प्याज आइतबारसम्म प्रतिकेजी १०० रुपियाँसम्ममा थोकमा कारोबार भएको थियो भने मङ्गलबार थोक बजारमै पनि प्रतिकेजी १२० रुपियाँ पुगको छ । खुद्रा भाउ झनै मनपरी छ ।
कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार भारतबाट प्याज आउन ठप्प भएको छ तर भन्सारमा आइसकेका मात्रै आउने क्रममा रहेकाले फाटफुट आइरहेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कालीमाटी बजारमा मङ्गलबार तीन टन मात्रै प्याज आएकाले बजारमा यसको अभाव देखिएको बताउँछन् । दैनिक २२/२४ टन प्याज आउने गरेको बजारमा तीन टन आउँदा त हामी भारतसँग मात्रै परनिर्भर रहेको र त्यहाँ रोक लगाएपछि बजारमा अभाव भएको उहाँको भनाइ छ ।
प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि भारत सरकारले त्यहाँको प्याज निर्यातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर नेपालमा परेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर