October 1, 2019

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ। यो समाचार आजको नागरिक दैनिकमा  टपेन्द्र कार्कीले लेखेका छन् । 

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान गरिने सुरक्षालाई ‘जेड’ तहको सुरक्षा भनिन्छ।

‘विश्वमा सबै मुलुकले अति विशिष्ट व्यक्तिका लागि जेड तहको सुरक्षा व्यवस्था अपनाउँछन्। त्यसका लागि सेना नै प्रत्यक्ष रूपमा सहभागी हुने गर्छ,’ गृह मन्त्रालय स्रोतले भन्यो, ‘राष्ट्रपति फिङको सुरक्षामा नेपाली सेनाले नेतृत्व गर्नेछ र उसले नै अन्य सुरक्षा निकायसँग समन्वय गर्नेछ।’ 

मन्त्रालय स्रोतका अनुसार अक्टुबर ११ देखि १४ सम्म जुनसुकै दिन राष्ट्रपति फिङको भ्रमण हुन सक्ने भन्दै सरकारले तयारी थाल्न र विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो। ‘अक्टुबर १२ मै भ्रमण हुन सक्छ,’ मन्त्रालय स्रोतले भन्यो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर