चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका नयाँ सम्राट नारोहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी टोकियो प्रस्थान गर्ने तयारीमा जुटेको शीतल निवास स्रोतले पुष्टि गरेको छ।
कात्तिक ५ मा आयोजना हुने सम्राट नारोहितोको राज्याभिषेकमा सहभागी हुन विश्वबाट २ हजार ६ सय पाहुना जापान पुग्दै छन्। जापानी सञ्चारमाध्यमका अनुसार सो दिन मुलुकभर बिदा घोषणा गरेर राष्ट्रिय पर्वका रूपमा राज्याभिषेक मनाइनेछ।
राष्ट्रपति भण्डारीको भ्रमण आसपासमा प्रधानमन्त्री केपी शर्मा ओली पनि युरोपेली मुलुक अजरबैजानको भ्रमणमा जाने भएका छन् ।
सो मुलुकको राजधानी बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन त्यता प्रस्थान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर