आश्विन ०९,काभ्रे: रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्। हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चित्र खिच्न थाले।

पीडित युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जबरजस्ती करणीमा भदौ २३ गते उजुरी दर्ता गराउनुभएको थियो। गोलेले लामो योजनाका साथ युवतीमाथि शोषणको शृंखला शुरू गरेको प्रहरी अनुसन्धानले देखाएको छ।गत असार ३ गते गोले आफ्नो छद्म नामसहित पाँचखाल नगरपालिका वडा नम्बर ४ मा इशारा बालमैत्री संस्था दर्ता गर्न पुगे। रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नम्बर ८ का रमेश तामाङलाई संस्थाको अध्यक्ष बनाए। रमेश तामाङ गोलेकी जेठी श्रीमतीका दाजु हुन्। उनीहरू दुवै मिली ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धानले देखाएको छ।
संस्था दर्ता गर्ने क्रममा युवतीका बाबुसँग उनीहरूको चिनजान भयो। पीडितका बाबुसँग उनको घर पुगेका गोले र तामाङले युवतीलाई यौन तथा आर्थिक शोषण गरेका हुन्।गोलेले १३ वटा जति फेसबुक आईडी बनाएर युवतीहरूलाई प्रभावमा पारी शोषण गर्ने गरेको पनि बुझिएको छ। गोर्खालगायतका विभिन्न जिल्लामा घर बताउने, अविवाहित भन्दै युवतीहरूसँग प्रेम गर्ने र यौनशोषण गरी अलपत्र पारिदिने, विवाहित श्रीमती र बच्चाहरूलाई बेवास्ता गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
पाँचखालमा फोटो स्टुडियो राखेका गोलेले शुरूमा पीडित युवतीलाई कार्यालयमा बोलाएर काम दिए तर पारिश्रमिक दिएनन्। युवतीसँग तामाङ समुदायको परम्पराअनुसार विवाह गर्ने भन्दै सगुन खाए। सगुन खाएपछि श्रीमतीजस्तै व्यवहार गर्न थाले। दिदीसँग शारीरिक सम्बन्ध रहेपछि उनले स्टुडियोमा बहिनीलाई बोलाएर काम दिए। अभियुक्त गोलेले बनेपा नगरपालिका–६ रातमाटेमा डेरा लिएका बेला बनेपाको एक फर्निचर पसलबाट उधारोमा लिएका फर्निचरको झन्डै दुई लाख रुपियाँ बाँकी रहेको भन्दै पसलेले पनि उनीविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
नीविरुद्ध सिन्धुपाल्चोकका समीक्षा लामाको नौ लाख रुपियाँ नतिरेको, नक्कली गहना देखाएर तीन लाख २३ हजार ठगेको, अन्य एक व्यक्तिलाई १२ लाख ५० हजार रुपियाँ भुक्तानी नगरेको र विभिन्न बैंकमा चेक बाउन्स भएको बौद्ध परिसरमा उजुरी छ। नेपाल समाचारपत्रबाट ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर