मेलम्ची खानेपानी आयोजनाः मुख्य सचिवले गर्दा प्रधानमन्त्री अप्ठेरोमा 

असोज ८, प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए । 

‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति नोट बुकमा लेख्न लगाएको थिए तर त्यसको केही समयमै मेलम्चीको ठेक्का पाएको इटालियन कम्पनी सिएमसी नेपालबाट भाग्यो,‘प्रधानमन्त्रीले बैठकमा भनेका थिए,‘सचिवले ठेकेदार कम्पनी भाग्नुभन्दा अघिकै मितिमा आयोना सम्पन्न हुने ब्रिफिङ गरेका थिए । सचिवले मलाई ढाँटे । जिम्मेवार व्यक्तिले गलत ब्रिफिङ गर्दा रहेछन् । राजनीतिक तहबाट सरकारलाई बदनाम गर्ने खेल पहिलेदेखि नै हुँदै आएको हे तर पछिल्लो समय सरकारी निकायबाटै भएको छ ।’

प्रधानमन्त्रीले सरकारलाई ढाँटेको भनेर खानेपानी सचिवलाई देखाएपनि यो सचिवमा मात्र सीमित छैन् । मेलम्ची खानेपानीलगायतका आयोजनामा खानेपानीमन्त्री बिना मगर र तत्कालिन मचिव ठाकुरबीच स्वार्थ नमिलेका कारण विवाद बढेपछि मन्त्रालयअन्तर्गतका आयोजनाका उच्च अधिकारीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीलाई यस विषयमा जानकारी गराएका थिए तर रेग्मीले यो कुरा प्रधानमन्त्रीसमक्ष पु¥याएनन् । 

‘मन्त्री र सचिवको झगडाले आयोजना पनि प्रभावित हुने भएपछि हामीले यस विषयमा मुख्य सचिवलाई पनि जानकारी गराएका थियौ,’ आयोजनाका एक वरिष्ठ कर्मचारीले भने,‘तर पछि कम्पनी भागीसकेपछि प्रधानमन्त्री ज्यूले आचर्य व्यक्त गर्नुभयो । मुख्य सचिवले यो विषयलाई किन संवेदनशील रुपमा लिनभएन, हामी पनि आश्चर्यमा छौं ।’

यस्ता धेरै काममा नीति र कार्यान्वयनबीच पुलको रुपमा काम गर्नुपर्ने मुख्य सचिव र प्रधानमन्त्रीबीच समन्वय नहुँदा सरकारका थुप्रै निर्णय निष्प्रभावी र विवादित बन्ने गरेका छन् । यो समाचार नागरिक दैनिकमा अर्जुन सुवेदीले लेखेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर