राजधानीमा बढ्यो प्रहरी सुरक्षा सतर्कता : १६ सय सिसी क्यामेरा जडान

असोज ६,काठमाडौं : नेपाल प्रहरीले उपत्यकाभित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ।

 एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सयभन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ। अब उपत्यकाभित्र जडान भएका सिसी क्यामेराको संख्या १६ सय पुगेको छ।प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो। समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा स्थानीय सरकारले सिसी क्यामेरा जडानलाई तीव्रता दिएको हो।

प्रहरीको आग्रहमा महानगरपालिका र नगरपालिकाहरूले सिसी क्यामेरा जडान गर्नका लागि आर्थिक सहयोग गर्ने क्रमलाई प्राथमिता दिएका छन्। उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य–मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ।

जडान भएको सिसी क्यामेराको निगरानी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले र विभिन्न प्रहरी कार्यालयले निगरानी गर्दै आएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर