September 21, 2019

जथाभावी बन्छन् देशको नक्सा

असोज ४, नेपालको भौगोलिक नक्सा प्रकाशनका लागि नापीको अनुमति लिनुपर्ने व्यवस्था भए पनि अधिकांश नक्सा अनुमतिबिना प्रकाशन हुने गरेका छन् । यसै कारण कतिपय नक्सामा देशका सम्पूर्ण भूभाग नसेमिटएका नक्सा समेत बजारमा भेटिने गर्छन् ।

हरेक देशमा राष्ट्रिय नाप नक्सा निकाय हुन्छ, जसले भौगोलिक नक्साको काम गर्छ । यस्तो निकायले नक्सा बनाउने र ‘स्ट्यान्र्ड’ तोक्ने काम गर्छ । नेपालमा यो कामको जिम्मेवारी नापी विभागलाई तोकिएको छ । भौगोलिक सूचनाको आधिकारिक निकाय नापी विभाग भए पनि धेरैले आआफ्नै तरिकाले नक्सा प्रकाशन गर्ने गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले कतिपय सरकारी र गैरसरकारी निकायले बिनाअनुमति नक्सा प्रकाशनमा गरिरहेको बताए । नक्सा प्रकाशन गर्नुपरेमा नापी विभागअन्तर्गतको नाप नक्सा समितिको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
जग्गा नाप जाँच नियमावली, २०५८ मा नापीको अनुमति र स्वीकृतीबिना नक्सा प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ । नियमावलीमा जुन उद्देश्यले नक्सा प्रकाशन गर्न स्वीकृत लिएको हो, सो उद्देश्य बाहिर गएर नक्सा प्रकाशन गर्न नहुने र नक्सा उत्पादन गर्नुपूर्व पाण्डुलिपि स्वीकृत गराउनुपर्ने उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले समेत नापी विभागको अनुमतिबिना नै भौगोलिक नक्सा प्रकाशन र प्रयोग गर्ने गरेको छ । अधिकांश प्रकाशन गृहले विद्यालयमा पढाइने नक्सासम्बन्धी किताब (एटलास) पनि नापी विभागको अनुमतिबिना नै प्रकाशन गरिरहेका छन् । यो समाचार गोरखापत्र दैनिमा सविता शर्माले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर