डडेल्धुरा / जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् । ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साउनमा ४०० सवारीसाधनबाट रु दुई लाख ३५ हजार ५००, भदौको १५ गतेसम्म २८२ सवारीबाट रु एक लाख ७५ हजार ५०० राजश्व सङ्कलन गरिएको ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताउनुभयो ।
गत आवभन्दा राजश्व सङ्कलनमा वृद्धि भएको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यो आवमा डेढ महीनाको अवधिमा रु चार लाखसम्म बढी राजश्व सङ्कलन भएको खत्रीले बताउनुभयो । पछिल्लो समय सुदूरपश्चिममा सवारी दुर्घटना हुने क्रम बढिरहेका छन् । चालकको लापरवाहीले दुर्घटना बढेका उहाँको भनाइ छ । सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी बढी कारवाहीमा परेका जनाइएको छ । नियम विपरीत चलाइएका सवारीलाई घटनाको प्रकृति हेरेर रु ५०० देखि रु एक हजारसमम जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ । साउन र भदौमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको खत्रीले जानकारी दिनुभयो ।
असार ९,चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ