सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा अनिल भण्डारीले लेखेका छन् ।

कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए ।
३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो ।
दुधौली नगरपालिका वडा नं ९ को दुधौली बजार नजिकै ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण कार्य सुरु भएको सार्वजनिक इकाई धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीले जानकारी दिए ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर