
भदौ १९, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र कैलाली प्रहरीको संयुक्त टोलीले तीन सय करोडको चेक र चार थान पेस्तोलसहित कैलालीबाट तीन जनालाई नियन्त्रणमा लिएको छ ।
राष्ट्र बैंकका नक्कली कागजात, तमसुक र केही सुनका गहना तथा चार थान पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एक घरबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुका नाम भने खुलाइएको छैन ।
पेस्तोलसँगै केही मात्रामा गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट करोडौंको कारोबार भएको कागज बरामद भए पनि सक्कली हो कि नक्कली भन्ने खुल्न बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद