September 4, 2019

नेपाल चिनियाँ आपराधिबाट असुरक्षित बन्दै  !

भाद्र , काठमाडौं ।  नेपालमा चीनको आकर्षण बढेसँगैआपराधिक क्रियाकलापहरु बढेको छ । नेपाल प्रहरीको सहायक प्रवक्ता उमेशलाल जोशी बताउँछन्, “आपराधिक क्रियाकलापमा संलग्न चिनियाँ नागरिकहरु बढ्दै गएका न्” ।  पछिल्ला आपराधिक घटनाहरु सार्वजनिक भइरहँदा चिनियाँ नागरिकहरु यसमा बढी नै संलग्न हुँदै गएको खुल्दै आएको उनले बताए।

उनले भने, ‘उनीहरुले विभिन्न देशमा आपराधिक क्रियाकलाप गरेर नेपालमा प्रवेश गरेको देखिएको छ। अझ गहिरो अनुसन्धानपछि उनीहरुको गिरोहको पत्ता लाग्न सक्ने‘उनीहरुले विभिन्न देशमा आपराधिक क्रियाकलाप गरेर नेपालमा प्रवेश गरेको देखिएको छ। अझ गहिरो अनुसन्धानपछि उनीहरुको गिरोहको पत्ता लाग्न सक्नेछ ।

एटिएम काण्ड

चिनियाँ समूह विभिन्न अपराधमा संलग्न रहँदै आएको छ। गत शनिबार त चिनियाँ ह्याकर समूहले निकै नै ठूलो योजना बनाएको थियो नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने गरी। चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएम ह्याक गरेर पैसा चोरेका थिए। ह्याकरले नेपाल र भारतमा गरी तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार एटिएमहरू समेत बन्द गर्नुपरेको थियो।

पैसा चोरी कार्यमा पाँच जना चिनियाँहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो। निकै त्रास फैलिएपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आश्वस्त नै पार्नुपरेको थियो। राष्ट्र बैंकले सर्वसाधारणका पैसा चोरी नभएको बताएको हो । आइतबार बन्द भएका एटीएम सोमबारदेखि संचालनमा आएका छन्।

उक्त गिरोहले थुप्रै रकम लुटेर जाने योजना बनाएको थियो । तर नेपाल प्रहरीले त्यसको सुइँको पाएपछि उनीहरुलाई नियन्त्रणमा लिन सफल भयो। शनिबार अपराह्न नै पटक–पटक गरी शंकास्पद रूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालिएपछि बैक सतर्क भयो।

तर प्रहरीलाई त्यतिबेला खबर भयो जतिबेला प्रभु बैंकले पनि अस्वभाविक पैसा निकालेको थाहा पायो। सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर चनाखो भयो । दरबारमार्गबाट एक चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला पर्यो। उसको साथबाट २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम लैजान लागेको रहस्य खुलेको थियो।

त्यसपछि प्रहरीले खोजी थाल्दै जाँदा बाँकी चार जना पक्राउ परे। प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार थोरै समयमात्र ढिला भएको भए उनीहरुले सबै रकम लिएर फरार हुने थिए। उनीहरुले नक्कली भिषाकार्ड प्रयोग गरी विभिन्न बैंकहरुको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा करोडौँ रकम निकाल्ने तयारी गरेका थिए।

उनीहरुले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत बैंकको रकम निकालेका थिए । ती ह्याकरहरु भदौ १३ गते चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं छिरेका थिए। उक्त योजना सफल भएको भए उनीहरु सोमबार फर्कने योजनामा थिए । तर उनीहरु प्रहरीको कब्जामा आइसकेका छन्।

प्रहरी सहायक प्रवक्ता जोशी यो योजनामा धेरैको संलग्नता रहेको हुन सक्ने आँकलन गर्छन्। उनले प्रहरी टोली थप अनुसन्धानमा लागेको र यसबारे विस्तृत विवरण पछि नै बताउन सकिने जनाएका छन्। चीनले विश्वमा प्रविधिको फड्को मारेको छ। तर यसरी गलत प्रवृत्तिको प्रयोग नेपालमा हुनुलाई भने पक्कै पनि गम्भीर रुपले हेरिनु पर्छ।

विवाह गरेर यौनधन्धामा लगाउने योजना

चिनियाँहरुको अर्को ठूलो योजना भनेको नेपाली सोझा महिलाहरु विवाह गरेर चीन लैजाने अनि यौनधन्धामा लगाउने रहेको छ । चिनियाँ दलालहरुले झण्डै एक दशकदेखि नै यो प्रक्रिया अपनाइरहेको दावी गरिएको छ । सन् २०१३ को एक महिनाको अवधिमा नेपाली ५६ चेलीहरु चीन भित्रिएका थिए ।

यसमा पनि ठूलो गिरोह लागेको प्रहरीको दावी छ। प्रहरीले केहीलाई नियन्त्रणमा लिइसकेको छ। नेपाली महिलालाई फकाएर चिनियाँसंग विवाह गराउने भनेपछि उनीहरु दंग परी फस्ने नै भए। त्यही नादानीपनको फाइदा उठाउँदै केही रकम दिएर परिवारलाई पनि फकाएपछि उनीहरुले खुसीखुसी चेलीलाई बिदाई गर्ने गरेका थिए।

गत हप्ता यो घटनामा संलग्न १० जनालाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । त्यो घटनाबाट प्रहरीले ठूलो गिरोहको नजिक पुगेको दावी गरिरहेको छ। राजनीतिक रुपले काठमाडौं र बेइजिङबीच व्यापार विस्तार र भ्रमणको योजनासंगै आदानप्रदानका कार्यक्रम बढाउँदै जाँदा मानव तस्करी अझ वृद्धि भएको दावी विभिन्न संघसंस्थाले गर्न थालेका छन्।

एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको दावी नेपाली राजनीतिक दलका नेताहरुले चीनसंग गरिरहँदा यो विकृतिलाई रोक्न चीनले कुनै आश्वासन दिन सकेको छैन । कतै चिनियाँ सरकारको नीति नै यो त हैन ? भन्ने प्रश्न पनि उब्जेको छ।

चीनको एक सन्तान नीति परिवर्तन भई दुई सन्तानसम्म जन्माउन पाउने नीति बनेको छ। किनकि एक सन्तानको नीति रहँदा केही वर्षपछि युवाको संख्यामा उल्लेख्य गिरावट आउने भएपछि सरकारले दुई सन्तान पाउन सक्ने जनाएको छ। तर चिनियाँहरु एक बच्चासमेत पाउन अल्छी गर्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन्।

हुन्डीको अवैध कारोवारमा चिनियाँ अगाडि

हुन्डीको अवैध कारोवारमा चिनियाँहरु सबैभन्दा अगाडि रहेको पाइएको छ। उनीहरुले नेपाली व्यवसायीहरु फसाएर हुन्डीको कारोवार गर्दै आएका छन्। विशेष गरी काठमाडौंको ठमेलमा रहेका चिनियाँ रेष्टुरेन्टहरुबाट हुन्डी कारोबार मौलाउँदै आएको थियो। यो गतिविधि रोक्नका लागि सरकारी निकायले सक्रियता पनि देखाएको छ । तर प्रभावकारी हुन सकेको छैन।

आन्तरिक राजश्व विभाग र राष्ट्र बैंकले यसमा चाँसो देखाउँदै मातहतका निकायलाई यसबारे छानबिन गरी तत्काल कार्वाही अघि बढाउन गत वर्ष नै निर्देशन दिएको थियो। वि च्याट र अलिपेमार्फत नेपालमा कारोवार गरेर चीनमा भुक्तानी गर्ने गर्दा नेपाल सरकार ठगिँदै आएको थियो।

त्यसपछि चिनियाँ व्यवसायीहरुलाई व्यवस्थित गर्नका लागि चिनियाँ अनलाइन पेमेन्ट कम्पनीहरु नेपालको सिस्टमसंग जोडिएका छन्। लामो समयसम्म गैरकानुनी रुपमा भुक्तानी गर्दै र स्वीकार्दै आएका चिनियाँ व्यवसायीहरुलाई लक्षित गरेर चिनियाँ अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी राष्ट्र बैंकमा आधिकारिक रुपमा दर्ता भएको हो।

ठेक्कापट्टामा घोटाला

ठेक्कापट्टामा समेत चिनियाँ बदमासी दिनानुदिन देखिँदै गएको छ। ठूलाठूला ठेक्कापट्टामा संलग्न चिनियाँ कम्पनीहरुले ती काम अलपत्र पारेर बदमासी गर्ने क्रम बढेको छ। चीनले कुनै काम सम्हाले फत्ते नगरी छाड्दैन भन्ने विश्वास थियो। तर त्यो विश्वासलाई पछिल्ला गतिविधिले पनि ढलाइदिएका छन्।

काम बीचमा छाडेर गइदिने, पहिले नै भुक्तानी रकम लिने, टेन्डरमा थोरै रकमको भर्ने अनि टेन्डर पारेपछि काम अलपत्र पार्ने क्रम चिनियाँ कम्पनीहरुबाट अधिक रुपले बढेको पाइएको छ।

राजनीतिक प्रतिवद्धताको अभाव

चीनप्रति सरकारको झुकाव बढी हुने गर्दा पनि अपराधिक गिरोह नेपाललाई लुट्न सक्रिय भएको विश्लेषण गर्न थालिएको छ। चीनले नेपाललाई हानी गर्दैन भन्ने धारणा कम्युनिष्ट सरकारले बनाउँदा चिनियाँहरु त्यसलाई नै फाइदा उठाउने उत्तम विकल्पका रुपमा लिँदै आएका छन्।

अपराधी आफ्नै देशको हुँदा त्यसलाई निमिट्यान्न पार्नुपर्छ भन्ने नेपाली राजनीतिका मतियारहरु चिनियाँ अपराधीविरुद्ध कडा भएर प्रस्तुत हुँदा चीन सरकार रिसाउँछ कि भनेजस्तो गर्छन्। अपराधी जुनसुकै ठाउँको किन नहोस् त्यो अपराधी नै हो। त्यसलाई फरक ढङ्गले हेर्नुपर्ने आवश्यकता कतै छैन। चिनियाँ नागरिकबाट नेपालीहरु धेरै जसो विषयमा ठगिँदै आएका छन्।

प्रहरी सहायक प्रवक्ता एसएसपी जोशी पनि अपराधलाई अपराधीकै नजरबाट हेर्नुपर्ने भन्दै प्रहरी प्रशासन अपराधको जरो काट्न अग्रसर रहेको बताउँछन्। उनले नेपालमा हुने गरेका साना साना अपराधका घटना पनि कहीं न कहीं कसैसंग जोडिने भन्दै समुदाय प्रहरी साझेदारी अन्तर्गत रहेर आफूहरुलाई साना साना सुचना दिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ