गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा फलाम उद्योग स्थापना गर्न स्वीकृति दिइएको छ । मन्त्रिपरिषद्को निर्णयबाट फलाम खानी स्थापना गर्न स्वीकृति दिइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

सरकारको यो निर्णयसँगै फलामको व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढ्नेछ । सङ्घीय मन्त्रिपरिषद्को भदौ पहिलो हप्ता बसेको बैठकले त्यहाँ ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने निर्णय गरेको हो ।
नवलपुरको होप्से गाउँपालिकास्थित धौवादी फलाम खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयसँगै औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ ।
सो क्षेत्रमा फलामको व्यावसायिक उत्पादनका लागि तीन स्तरबाट काम अगाडि बढाइएको छ । सरकारले धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरी कम्पनी दर्ता तथा सञ्चालनको प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै खानी तथा भूगर्भ विभागले फिजिबिलिटी स्टडी, वातावरणीय अध्ययन र थप ड्रिलिङको काम अगाडि बढाएको छ । त्यसैगरी सो ठाउँबाट उत्पादन हुने फलामको औद्योगिक परीक्षण अहिले चीनको छेन्दुमा भइरहेको छ । यसअघि सो ठाउँको प्रयोगशाला परीक्षण सम्पन्न भई प्रतिवेदनसमेत आइसकेको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर