सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा नुमा थाम्सुहाङले लेखेकी छिन् ।

झट्ट हेर्दा सक्कलीझैँ देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् । महिलाहरुको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भाउ अकासिएपछि रहर मेटाउन पनि नक्कली सुन किन्ने बढेका छन् ।
सितापाइलाकी सानु शाक्यले मखन टोलको सोना शृंगार पसलबाट नक्कली सुनको गहना किनेको बताइन् । ‘सुन महँगो भयो त्यसैले यो किनेर लगाउने, ’ उनले भनिन्, ‘सुन लाउनैपर्ने भो, अहिले महँगिएको अवस्थामा किन्न पनि नसकिने भो ।’ सस्तोमा नयाँ डिजाइनको गहना फेरीफेरी लगाउन पाइने उनको अनुभव छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर