August 10, 2019

पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगायो

पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लागेको छ ।

भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि रुष्ट बनेको पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई पनि केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि पाकिस्तानले व्यापारिक र राजनीतिक सम्बन्ध सीमित गरेको छ ।

भारतीय सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खोसिएपछि दुबै देशबीच तनाव चर्किएको छ । भारतले चालेको कदमको विरोध स्वरुप पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ । गएको बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

त्यस्तै पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्धलाई कटौती गर्नुका साथै भारतीय राजदूतलाई देश निकाला गरेको छ ।

यसै क्रममा पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड चलचित्र नचलाउने घोषणा गरेको छ ।

‘पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गरिने छैन । नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ’, पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको