August 10, 2019

पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगायो

पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लागेको छ ।

भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि रुष्ट बनेको पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएको हो ।

भारत सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई पनि केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि पाकिस्तानले व्यापारिक र राजनीतिक सम्बन्ध सीमित गरेको छ ।

भारतीय सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खोसिएपछि दुबै देशबीच तनाव चर्किएको छ । भारतले चालेको कदमको विरोध स्वरुप पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ । गएको बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

त्यस्तै पाकिस्तानले भारतसँगको कुटनीतिक सम्बन्धलाई कटौती गर्नुका साथै भारतीय राजदूतलाई देश निकाला गरेको छ ।

यसै क्रममा पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड चलचित्र नचलाउने घोषणा गरेको छ ।

‘पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गरिने छैन । नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ’, पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं