August 9, 2019

९ लाख घुससहित डिभिजन सडक कार्यालयका प्रमुख सहित तीन जना अख्तियारद्वारा पक्राउ

 

साउन २४, काठमाडौं । योजनाहरुको भुक्तानी तथा पेश्की भुक्तानी गर्ने सवालमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारले डिभिजन सडक कार्यालयका प्रमुख सहित तीन जनालाई पक्राउ गरेको छ ।

आयोगले डिभिजन सडक कार्यालय पोखरा अन्तर्गत भइरहेका विभिन्न योजनाहरुको भुक्तानी तथा पेश्की भुक्तानी गरे वापत जी. एस. आर. निर्माण सेवा पोखराका प्रोपाइटर र सडक डिभिजन कार्यालयका कर्मचारीबीच घुस लिनेदिने कार्य भइरहेको गोप्य सुचनाको आधारमा उनीहरुलाई हिजो रंगेहात पक्राउ गरेको जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ पर्नेहरुमा डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणी आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई ९ लाख घुस रकम सहित नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई डिभिजन सडक कार्यालयको सरकारी निवासबाट पक्राउ गरीएको हो । घुस रकम दिए लगत्तै उक्त सरकारी निवासबाटै फरार जी। एस। आर। निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि