
साउन २४, काठमाडौं । योजनाहरुको भुक्तानी तथा पेश्की भुक्तानी गर्ने सवालमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारले डिभिजन सडक कार्यालयका प्रमुख सहित तीन जनालाई पक्राउ गरेको छ ।
आयोगले डिभिजन सडक कार्यालय पोखरा अन्तर्गत भइरहेका विभिन्न योजनाहरुको भुक्तानी तथा पेश्की भुक्तानी गरे वापत जी. एस. आर. निर्माण सेवा पोखराका प्रोपाइटर र सडक डिभिजन कार्यालयका कर्मचारीबीच घुस लिनेदिने कार्य भइरहेको गोप्य सुचनाको आधारमा उनीहरुलाई हिजो रंगेहात पक्राउ गरेको जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ पर्नेहरुमा डिभिजन सडक कार्यालय पोखराका कार्यालय प्रमुख हरिकुमार पोखरेल, इन्जिनियर पवित्रमणी आचार्य र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई ९ लाख घुस रकम सहित नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई डिभिजन सडक कार्यालयको सरकारी निवासबाट पक्राउ गरीएको हो । घुस रकम दिए लगत्तै उक्त सरकारी निवासबाटै फरार जी। एस। आर। निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतमलाई जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पक्राउ गरीएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद