
उनले भने,‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने बताए । यातायात संचालनमा निके अवरोध खडा भएको सुनाए । बाधा अवरोध फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएको बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगका आशा व्यक्त गरे ।
कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु पन्छाउनुपरेको सुनाए । अवरोधका बाबजुद यातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे । यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे ।
विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदा पुग्ने जानकारी दिए । कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजना बताएका थिए । संचालक मनिता जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकी थिइन् ।
कार्यक्रममा कान्तिपुर एफएमका निर्देशक दिनेश डि.सी.ले सुन्दर यातायात प्रा.लि को कदम सेवामूलक र भरपर्दो हुने विश्वास व्यक्त गरे । काठमाडौ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटााले शुभकामना मन्तव्य राखेका थिए ।
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई