July 26, 2019

प्रधानमन्त्रीले रअ’ प्रमुखलाई भेट्नुभएको छैन : सञ्चार मन्त्री

 

साउन , २०७६काठमाडौं – सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले भारतीय गुप्तचर संस्थाको प्रमुख आएकोबारे सरकारलाई थाहा नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको एक प्रश्नको जवाफमा मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेका हुन् ।

‘गुप्तचरका प्रमुख नेपाल आएको थाहा छैन, यदि आएको हो र भेटेको हो भने कुटनीतिक आचार अनुसार भएको हुनुपर्छ,’ बास्कोटाले भने ।

‘कसले–कसले भेट्नु भो, थाहा छैन, म दाबाका साथ भन्छु भेटेकैजस्तो मलाई कत्ति लागेको छैन,’ उनले पत्रकारलाई भने, कुहिरीमण्डलको खेतीमा नलागौं ।’ 

नेपाल सुन्दर देश भएकाले मान्छेहरू आइरहने बताउँदै उनले भने, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअको पक्षको त हुँदैन होला नि ! जो आएर भेट्छ, त्यही हुने भन्ने त होइन । भेटेकै हो भनेर पुष्टि हो भने तथ्यका साथ आउनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन