July 26, 2019

प्रधानमन्त्रीले रअ’ प्रमुखलाई भेट्नुभएको छैन : सञ्चार मन्त्री

 

साउन , २०७६काठमाडौं – सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले भारतीय गुप्तचर संस्थाको प्रमुख आएकोबारे सरकारलाई थाहा नभएको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको एक प्रश्नको जवाफमा मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गरेका हुन् ।

‘गुप्तचरका प्रमुख नेपाल आएको थाहा छैन, यदि आएको हो र भेटेको हो भने कुटनीतिक आचार अनुसार भएको हुनुपर्छ,’ बास्कोटाले भने ।

‘कसले–कसले भेट्नु भो, थाहा छैन, म दाबाका साथ भन्छु भेटेकैजस्तो मलाई कत्ति लागेको छैन,’ उनले पत्रकारलाई भने, कुहिरीमण्डलको खेतीमा नलागौं ।’ 

नेपाल सुन्दर देश भएकाले मान्छेहरू आइरहने बताउँदै उनले भने, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअको पक्षको त हुँदैन होला नि ! जो आएर भेट्छ, त्यही हुने भन्ने त होइन । भेटेकै हो भनेर पुष्टि हो भने तथ्यका साथ आउनुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न