कहिले प्रधानमन्त्रीनिवास बालुवाटार त कहिले विभिन्न सार्वजनिक स्थानका जग्गा हडपेर आफ्नो बनाई बिक्री गरेर देशभर आतङ्क फैलाएका भू–माफियाहरूले मुगुमा पनि आतङ्क मच्चाउन थालेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा वीरबहादुर बमले लेखेका छन् ।
उनीहरूले मुगुको पश्चिम भेगस्थित खत्याड गाउँपालिकामा रहेको मार्थिचौरको सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी घर बनाएका हुन् । स्थानीयबासीका अनुसार ती भू–माफियाहरूले पछिल्लो केही समययता बाँकी रहेका ती जग्गा जग्गा धमाधम खरिदबिक्री गरेका छन् ।
नापी कार्यालय मुगुको तथ्याङ्कअनुसार साविकको श्रीकोट गाविस–६ मा रहेको हालको खत्याड गाउँपालिका–५ मार्थिचौर भन्ने स्थानमा रहेको उक्त जग्गा सरकारी हो । २०५०÷२०५१ को एकोहोरो नापीअनुसार उक्त जग्गाको क्षेत्रफल १५ हजार ७ सय ९७ दशमलव ५० वर्ग्मिटर रहेको कुरा सरकारी कागजमा स्पष्ट उल्लेख छ ।
नापी कार्यालय र मालपोत कार्यालयका अनुसार तीमध्ये धेरैजसो जग्गामा ५१ वटाभन्दा बढी घर बनाई ती जग्गामा बजार बसाउन लागिएको छ ।स्थानीयबासीहरूबीच कुरो नमिल्दा २०५०÷२०५१ भन्दा अघिदेखि नै उक्त जग्गा नापी हुनसकेको थिएन ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर