July 20, 2019

अब जंगली राज  चल्दैन: सञ्चारमन्त्री

बनेपा, साउन ४, ।शनिबार बनेपामा आयोजित काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई सम्बोधन गर्दै  सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनतालाई आतंकित पार्ने जंगली राज नेपालमा अब नचल्ने बताएका ।

‘यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ’, विप्लव नेकपालाई संकेत गर्दै उनले भने, ‘जनतालाई आतंकित पार्ने जंगली राज अब चल्दैन।’ विप्लव नेकपाले लुकेर जनतालाई त्रसित बनाएको, व्यापारीमा चन्दा आतंक मच्चाएको, विद्यालय र स्थानीय जनप्रतिनिधिलाई समेत दुःख दिएको उनको आरोप थियो। खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको भन्दै उनले विप्लव समूह शान्तिपूर्ण मूलधारमा नआए उसैलाई क्षति पुग्ने बताए।

उनले नेपाल गौतम बुद्धको देश भएको बताएँदै बुद्धको देशमा हिंसा अस्वीकार्य भएको बताए। ‘बुद्धको देशमा हिंसा अस्वीकार्य छ’, उनले भने, ‘जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्छ।’

मन्त्री बाँस्कोटाले हिंसा भड्काएर सरकारलाई झुकाउँछु भनेर सोच्नु गलत भएको भन्दै सरकार कुनै पनि हालतमा कमजोर नहुने दाबी गरे। ‘मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटङ्की कसैले पनि नगर्दा हुन्छ’, उनले भने, ‘यस्ता नौटंकीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन्छ।’ उनले कसैले धम्क्याए भने त्यसविरुद्ध सडकमा निस्कन पनि उद्योगीलाई आग्रह गरे। उनले देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भए पनि तिनको चाहना पूरा नहुने दाबी गरे। मन्त्री बाँस्कोटालाई संघका जिल्लाध्यक्ष प्रकाश मानन्धरलगायतले अभिनन्दनपत्रबाट सम्मान गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको