अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ । पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
गत असार २९ को मन्त्री परिषद्को बैठकले गरेको निर्णय विहीवार सार्वजनिक भएको हो । पाँचजनाले तिर्नुपर्ने २ लाख ५० हजार जरिवाना र भिसा शुल्क बापतको ३७ हजार ३ सय ८० अमेरिकी डलर मिहान गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
पाँचै जनासँग नेपाल आएको आधिकारिक कागजपत्र र भिषा अवधि भएको प्रमाण नभएपछि निष्कासनको प्रकृयाअघि बढाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । ‘उनीहरुले तिर्नुपर्ने जरिवाना र ‘ओभरस्टे’ शुल्क मिनाह गर्दै स्वदेश फर्काउने तयारी गरिएको हो’–उनले भने ।
यसैगरी मन्त्रिपरिषद्ले नेपाल र जर्मनीवीच द्वीपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी आशय पत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृती दिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर