काठमाडौं, साउन २ : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिबिर डाँडामा बस र पिकअप भ्यान एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन्।

घटनामा परी २७ जना घाइते छन्।
कानेपोखरी गाउँपालिका–३ पिङडाँडा हरकपुरबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नं को मिनिबसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ५३९१ नं को पिकअप भ्यानलाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो।
घटनामा नाम ठेगाना नखुलेका अन्दाजी ३०।३५ वर्षका पुरूषको घटनास्थलमानै मृत्य भएको थियो भने गम्भीर घाइते मिनीबसका सहचालक मोरङ कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टिकाराम थापाको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जना पथरी मोरङ डाईनास्टिक, ७ जना नोबेल र ५ जना न्यूरो अस्पतालमा उपचार भईरहेको जनाइएको छ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद