काठमाडौं, साउन २ : मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिबिर डाँडामा बस र पिकअप भ्यान एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा दुईजनाले ज्यान गुमाएका छन्।

घटनामा परी २७ जना घाइते छन्।
कानेपोखरी गाउँपालिका–३ पिङडाँडा हरकपुरबाट काकडभिट्टा जाँदै गरेको को १ ख ४८४२ नं को मिनिबसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ५३९१ नं को पिकअप भ्यानलाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो।
घटनामा नाम ठेगाना नखुलेका अन्दाजी ३०।३५ वर्षका पुरूषको घटनास्थलमानै मृत्य भएको थियो भने गम्भीर घाइते मिनीबसका सहचालक मोरङ कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टिकाराम थापाको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जना पथरी मोरङ डाईनास्टिक, ७ जना नोबेल र ५ जना न्यूरो अस्पतालमा उपचार भईरहेको जनाइएको छ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि