‘नयाँ नेपाल’ निर्माणमा भारतको सहयोग आवश्यक

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गरे । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकतान्त्रिक अभ्यासमा लागेको नेपाललाई समृद्ध बनाउन छिमेकी भारतको सहयोग आवश्यक छ’ राजदूत आचार्यले बताए । यसका लागि ‘रोडम्याप’ तयार पारेर भारतबाट अटुट सहयोगका लागि पूर्ण विश्वासको वातावरण तयार पार्नुपर्ने उनको धारणा थियो ।

भारतस्थित नेपाल राजदूतावास र नेपाल उद्योग संघ (सीएनआई) को सहयोगमा भारत–नेपाल केन्द्रले आयोजना गरेको भेलामा राजदूत आचार्यले सो विचार प्रकट गरेका हुन् ।

राजदूत आचार्यले नेपाल–भारतीबीचको सांस्कृतिक तथा परम्परागत सम्बन्धलाई अघि बढाउन र असन्तुलित व्यापारमा सुधार ल्याउन जलस्रोत, कृषि, औषधिविज्ञान, शिक्षा र सीप प्रवद्र्धक उद्योगमा भारतले नेपाललाई सघाएमा नयाँ नेपाल बनाउने पक्षमा योगदान पुग्ने धारणा राखे ।

आर्थिक सम्बन्ध सुदृढ बनाउन दुवै देशका साना उद्योगहरुबीच सहकार्य र समन्वयको वातावरण बन्नुपर्ने धारणा पनि भेलाका सहभागीहरुले उठाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर