July 10, 2019

किन सहज छैन एमआरआई सेवा ? के हो एमआरआई ?

सिटी स्क्यानबाट पत्ता नलागेको वा द्विविधामा परेको रोग पत्ता लगाउन प्रयोग गरिने म्याग्नेटिक रिसोन्सेस इमाजिङ (एमआरआई)को प्रयोग बढ्दो छ । उपत्यकाका ठूला अस्पतालमा एमआरआईको प्रयोग हुने गरेको छ तर सर्वसाधारणका लागि एमआरआई सहजै र सुलभ मूल्यमा पाउन कठिन छ । 

धेरै बिरामीलाई त एमआरआई ‘आकाशको फल आँखा तरी मर’जस्तै छ । एक त प्रविधि नै महँगो छ भने अर्का्तिर बिरामी सिफारिस गर्ने चिकित्सकलाई दिनुपर्ने कमिसनले एमआरआई सेवा झनै महँगो बनाएको छ । उपत्यकाका केही सरकारी र निजी स्वास्थ्य संस्थाबाहेक केही मेडिकल कलेजसँग पनि एमआरआई सेवा त उपलब्ध छ तर सेवा शुल्कमा भने एकरूपता छैन ।

के हो एमआरआई ?
एमआरआई उच्चस्तरको प्रविधि हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोलोजिस्ट डा. डीबी कार्कीका अनुसार चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । डा. कार्कीले एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने जानकारी दिए । 

आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ । एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन  । 
वीर अस्पतालका पूर्व्निर्देशक तथा वरिष्ठ रेडियोलोजिस्ट डा. स्वयमप्रकाश पण्डितले एमआरआईले सबैजसो रोग पत्ता लगाउन सहयोग गर्ने बताए । उनले कसैको खुट्टा चल्दैन, खुट्टा झमझम गर्छ भने त्यस्तो अवस्थामा पनि एमआरआई प्रयोग गरिने बताउनुभयो । मुख्यतया नसाको रोगमा एमआरआई प्रयोग गर्ने गरिन्छ । थाई, कम्मर तथा अन्य विभिन्न भागको मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गर्न सकिन्छ ।

अत्यधिक महँगो सेवा
विदेशमा विकसित प्रविधि एमआरआई नेपालीका लागि सस्तो भने छैन । डा. पण्डितका अनुसार नेपालमा एमआरआई जडान गर्न आठ करोडदेखि १६ करोड रुपियाँसम्म पर्छ । बिरामीले तिर्ने सेवा शुल्क नै एमआरआईको लागत हो । स्वास्थ्य संस्थाले आर्जन गर्ने चर्को मुनाफाले पनि एमआरआई सस्तो हुँदैन । 

सरकारी अस्पतालमा समेत एमआरआई सुलभ छैन । अस्पतालका अनुसार सातदेखि नौ हजार रुपियाँ शुल्क लाग्छ । निजी क्षेत्रमा एमआरआई झनै बढी महँगो हुने गर्छ । सरकारी अस्पतालमा घर भाडा नपर्ने, चिकित्सक सरकारअन्तर्गत हुने भएकाले थप भत्ता दिइरहनु नपर्ने, मेसिन पनि सरकारले नै खरिद गर्ने हुनाले सरकारीमा केही सस्तो पर्र्ने भए पनि रकम सानो भने होइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर