महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा इन्जिनियरिङ विज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।
शर्मा आवद्ध ल्यावले तयार गर्ने न्यानो टेक्नोलोजी र सफ्टवेयर अमेरिकी रक्षा विभाग (डार्पा), अमेरिकी सुरक्षा एजेन्सी (एनएसए), विश्वप्रसिद्ध हवाई उत्पादक कम्पनी (बोइङ), अमेरिकी बहुराष्ट्रिय जनरल मोटर्स कर्पोरेसन (जीएमसी) जस्ता कम्पनीले प्रयोग गर्दै आएका छन् ।
एचआरएलका उत्पादन प्रयोग गरिरहेका कम्पनीले थप र नयाँ उपकरण माग गर्नुपर्ने अवस्था आएमा ती कम्पनीले पुनः ल्यावको गुणस्तर, गोपनीयता र सुरक्षा सुनिश्चिता गर्ने उहाँले बताउनुभयो । शर्मा भन्नुहुन्छ– एचआरलका प्रयोगकर्ता यस्ता विषयमा ढुक्क भएपछि मात्रै उत्पादन प्रकृया अघि बढ्छ । उहाँका अनुसार एचआरएलले न्यानो टेक्नोलोजीमा आधारित ट्रान्जिस्टर, तीब्र गति र उच्चशक्तिका नवीनतम उपकरण तयार गर्दै आएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर