नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा मात्र पेश गरी सम्पन्न भएको छ । बैठकमा नियमावली मस्यौदा, संघीय संरचना अनुसारको संरचना निर्माण, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पुर्णता दिने, पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने, राष्ट्रिय राजनीतिको विकसित घटनाक्रम लगायत १४ वटा एजेण्डा माथि छलफल गरिने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।
आइतवार साझ ढिलो गरी शुरु भएको बैठक अब २७ गते बस्ने भएको छ । हिजो अपरान्ह दुई बजे बोलाइएको बैठक पदाधिकारी बीच सहमति नहँुदा साँझ सात बजे मात्र शुरु भएको थियो । बैठकमा पार्टीको १४औं महाधिवेशनको मिति तय गर्ने बारे पदाधिकारी बीच विवाद रहेको छ ।
यो केन्द्रिय कार्यसमितिको चारवर्षे अवधि आउँदो फागुनमा सकिदैछ । विशेष परिस्थिति भन्दै एकवर्ष म्याद थप्न पाउने कांग्रेस विधानमै उल्लेख छ भने संविधानअनुसार कम्तिमा साढे पाँचवर्ष भित्र अधिवेशन गरिसक्नुपर्ने उल्लेख छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर