सीमा नाकामा विषादी परीक्षण गरेर मात्रै आयात गर्ने अडान लिएको दुईसाता भित्रैमा सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । चर्को भारतीय दबाबपछि विषादी परीक्षण नगरी फलफूल र तरकारी आयात शुरु भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
सरकारले गत असार दुई गते राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । तरकारी र फलफूलको आयात प्रभावितबारे चासो लिएको भारतीय दूतावासले सरकारलाई लिखित पत्र पठाएपछि मन्त्री परिषद्ले निर्णय फिर्ता लिएको हो ।
नेपालको परिवर्तित नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको जनाउँदै दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको कृषि मन्त्रालय स्रोतले जनाएको छ । तर सरकारले भने विषादी परीक्षणका लागि आवश्यक ल्याब, उपकरण र अन्य तयारी पर्याप्त नभएको कारण देखाउँदै तत्कालका लागि परीक्षणकार्य स्थगित गरिएको जनाएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर