July 7, 2019

झगडा पनि फाइदाजनक !

घरमा बालबालिका आपसमा झगडा गर्दा तपाईंहरू के गर्नुहुन्छ ? पक्कै पनि बालबालिकालाई गाली गर्ने, छुट्याउने गर्नुहुन्छ होला तर बालबालिकाको सानो झगडा उनीहरूकै लागि फाइदाजनक हुने चिकित्सक बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन् ।

बाल्यकालमा बच्चाहरू झगडा गर्छन् भने त्यसलाई धेरै हदसम्म छुट दिएकै राम्रो हुने पाटन विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बताए । उनले बालबालिकाको सानोतिनो झगडाले रचनात्मक हुन मद्दत गर्ने जानकारी दिए । 

डा. शाक्य भन्छन्, “एक बच्चाले के सामान लियो, त्यही अर्कोलाई पनि चाहिन्छ, त्यसैमा झगडा हुन्छ, रुन्छ तर त्यही झगडाले अर्को बच्चाले धेरै ज्ञान प्राप्त गरिरहेको हुन्छ । दाजु अथवा दिदीले गरेको काम या पढाइले सानो बालबालिकाले पनि धेरै कुरा सिकिरहेको हुन्छ भने विभिन्न रचनात्मक काम पनि गरिरहेको हुन्छ । ”

बालशिक्षाका विशेषज्ञ कुमुद भट्ट भन्छिन्, “बालबालिकाको झगडाले हामीलाई पनि सिक्ने मौका मिल्छ, झगडा गर्नु आफैँमा नराम्रो हो तर बालबालिकाको सानोतिनो झगडाले उनीहरूलाई नै सिर्जनशील बनाइरहेको हुन्छ । ” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर