तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्। ‘हिमाली धन’ ले परिचित यार्चा ३७ हजार जनसंख्या रहेको डोल्पालीको जीवनसँग मात्र जोडिएको छैन, यसले डोल्पालगायत पहाडी जिल्लाका बासिन्दाको जीवनस्तरमा समेत प्रभाव पार्दै आएको छ। छिमेकी रुकुम, जाजरकोट, सल्यान, मुगु, जुम्लालगायत जिल्लाबाट यार्चा टिप्नेहरू डोल्पा आउँछन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
वातावरणमा असर
धेरै राजस्व उठेको खबर सुनिन्छ तर यार्चा संकलनबाट वातावरणमा परेको असरको मुद्दा उठान भएको छैन। बढी राजस्व उठाउने होडबाजीमा निकुञ्जले पाटनहरूको क्षमताभन्दा बढी मानिसलाई यार्चा संकलन अनुमति दिँदै आएको छ। संकलकले खाना पकाउन आफैं मटीतेल लिएर जानुपर्ने नियम छ तर सबैजना बोकेर जाँदैनन्। मटीतेल बोकेर नजानेले दाउरा बटुलेर पकाउँछन्। ‘लेकमा त झाडीमात्रै हुन्छ, यार्चा संकलन गर्न जानेले रातभर त्यसलाई बालेर सखाप पारिसके’, डोल्पोबुद्ध गाउँपालिका–१ का अध्यक्ष क्याल्पो थापा भोटे भन्छन्, ‘यसबाट वातावरणमा नकारात्मक असर परिसक्यो।’ एउटै पाटनमा वर्षैपिच्छे किरा (यार्चागुन्बु) खोज्दा खनेको ठाउँमा घाँस उम्रिन छाडेको गुनासो छ उनको। घाँस र बुट्यान हुने पाखाहरू धमाधम मरुभूमिजस्तै बन्दैछन्।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर