मानिस जीवजन्तु सबैलाई वासस्थानको खाँचो पर्छ तर वासस्थान नै संकट परेपछि स्वाभाविकै हो अस्तित्व संकटमा पर्छ । पाल्पाको हकमा पनि यस्तै भएको छ । गौथली र चमेराको वासस्थानमा मानव अतिक्रमण बढेपछि यसको अस्तित्वमा संकट आउन थालेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा कविराज नेपालले लेखेका छन् ।
मुखको चुच्चोमा माटो बोकेर घरका दलिन र कापहरुमा गुँड बनाउने र चिरबिर चिरबिर आवाज निकालेर मनलाई पुलकित बनाउने गौंथली आजभोलि बिरलै देखिन्छन् । पुराना घरहरु काठद्वारा बनाइने र गुँड बनाउन मिल्ने भए पनि आजभोलि सिमेन्टको चलन बढेकाले यसको अस्तित्व संकटमा परेको हो ।
केही वर्ष पहिलेसम्म रुखभरि झुन्डका झुन्ड देखिने स्तनधारी पक्षी चमेरो पनि यहाँ आजभोलि बिरलै देखिन थालको छ । मानव अतिक्रमण र वाससथनमा संकट देखिएपछि चमेरा संकटमा परेको हो ।
पाल्पा सदरमुकाम तानसेनको अमरनारायण फूलबारी, मदनपोखराको दमकडा, अर्गलीको देउराली क्षेत्र, राम्दी, रामपुरलगायतका ठाउँमा रहेका ठूलाठूला रुखमा यो पंक्षीले आश्रय लिने गरेकोमा रुख कटानी, मानव अतिक्रमण र बिजुलीका कारण करेन्ट लागेर मर्न थालेपछि यसको अस्तित्वमा संकट आएको जानकारवाला बताउँछन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर