गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडीँ फाँडे ।यो समाचार आजको नागरिक दैनिकमा रेखा भुसालले लेखेकी छिन् ।
वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिब एक घण्टामै टोली त्यहाँबाट निस्कियो । बेल्चा, हसिया र कोदालो बोकेका ती व्यक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका कामदार थिए ।
कार्यक्रमका लागि दुई सय ४७ जना छनौटमा परे पनि दुई सय २६ जना काममा आएको नगरपालिकाले जनाएको छ । ती कामदारलाई असार महिनाभर गौसाला, वनवाटिका, नगरका केही विद्यालय र ६ लेन सडक किनारको झारपात र टिपनटापन र गोडमेलको जिम्मा दिइएको छ । यो नगरमा यसअघि टोल , वडा र नगरव्यापी सरसफाइका कार्यक्रममार्फत ६ लेन तथा भित्रि सडक, बस्ती, स्कुल, पार्क सरसफाइ गरिन्थ्यो । तर अहिले तीनै कामका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा ७० लाखको बजेट खर्च गरिँदैछ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर