नेकपाको वैचारिक बहसः जनताको जनवादमै एकमत

सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्य्दिशा बनाउने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

Prachanda-KP-Oli-talking_Tc21ddR0ru

पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो । जनताको जनवाद कि जनताको बहुदलीय जनवाद (जबज) कुन मान्ने भन्नेमा नेताहरू दुई धारमा बाँडिएका थिए ।

प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको कार्य्दिशा पुनर्लेखनको प्रस्ताव गर्दै जबजमा जोड दिएका थिए । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल एकता प्रक्रियामा भएको सहमतिभन्दा दाया–बायाँ नगरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएका थिए ।

पार्टी एकता गर्दा जबज र एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई महाधिवेशनमा बहसमा लैजाने गरी स्थगन गरिएको थियो ।  तत्कालीन एमालेले जबज र तत्कालीन माओवादीले एक्काइसौं शताब्दीको जनवाद र माओवाद मान्दै आएका थिए । महाधिवेशनसम्म समाजवाद उन्मुख हुने गरी जनताको जनवादलाई राजनीतिक कार्यक्रम बनाएर जाने सहमतिमा एमाले र माओवादीबीच एकता भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर