June 29, 2019

समितिमा मन्त्री र सभापतिबीच जुहारी

आषाढ १४,काठमान्डाैं : कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीबीच शुक्रबार जुहारी चलेको छ। समिति भने मन्त्री यादव अडानमा रहेपछि के गर्ने भनेर अन्योलमा परेको छ। मन्त्री यादव जवाफ दिएर फर्किएपछि पनि केही बेर बसेको समिति बैठक यो विषयमा निष्कर्षविहीन बन्यो। ‘हामीले मन्त्रीको कुरा सुन्यौं’, समिति सभापति रामनारायण बिडारीले भने, ‘निर्णय अर्को बैठकमा गर्ने भनेका छौं।’ तर, बैठकको मिति तोकिएको छैन।

 समिति बैठकमा मन्त्री यादवले आफूले निर्देशन दिँदा कुनै कानुन नमिचेको बताएका थिए। ‘कुन ऐनविपरीत भयो ? ’, उनले प्रतिप्रश्न गरे, ‘एक धुर जग्गा बेच्न त सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्छ या वारेसनामा चाहिन्छ। करोडौंको सेयर खरिदबिक्री गर्न नचाहिने ? ’उनले अघिल्लो वर्ष असार २७ मा कम्पनी रजिस्ट्रार भुवनहरि अर्याललाई सेयरखरिद बिक्री प्रक्रियामा सम्बन्धित देशको दूतावास र अदालतमा सम्बन्धित व्यक्तिले गरेको सनाखतका आधारमा वा कम्पनीको रोहबरमा सनाखत गरेर मात्रै लगत दर्ता गर्न निर्देशन दिएका थिए। उक्त निर्देशनमा कुनै ऐन, नियम उल्लेख नगरिएको भन्दै समितिले चासो देखाएको थियो। उक्त निर्देशन प्रत्यायोजित अधिकारविपरीत भएको भनी मन्त्री यादवलाई समितिले बोलाएको थियो। मन्त्री यादवले आफू गलत नभएको बताए। ‘मैले कुनै ऐन मिचेर निर्णय गरेको छैन’, उनले भने, ‘बरू कुन ऐनअनुसार हो भनेर पत्रमा उल्लेख गरिनँ। त्योचाहिँ कमजोरी भयो होला।’

समिति सभापति बिडारीले सनाखतका विषयबारे कानुन नबोलेको स्मरण गराए। तर, मन्त्री यादव यो विषय मान्न तयार भएनन्। ‘मैले सेयर खरिदबिक्रीलाई व्यवस्थित गर्न यसो गरेको हुँ’, उनले भने, ‘कानुनले नभनेको ठाउँमा स्वविवेक प्रयोग गर्नुपर्छ।’ कानुन पालना गराउने ठाउँमा बसेको व्यक्तिले कानुन मौन छ भन्दै तोकआदेश दिन नमिल्ने सभापति बिडारीले बताए। भने, ‘तपाईं कानुन पालना गराउने मान्छे हो, तपाईंले यसो भन्न मिल्दैन।’ मन्त्री यादव भने पछि हटेनन्। ‘कानुनमा भात खा भनेर लेखेको छैन भनेर भातै नखाने ? ’, उनले समितिलाई प्रतिप्रश्न गरे। सभापति बिडारी, सदस्य राधेश्याम अधिकारी र मन्त्री यादवबीच जुहारी चलेको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर