May 27, 2019

जतासुकै बम,कहाँ कहाँ के भयो ?


त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ठडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो । बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका थिए । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको थियो ।
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २ सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ ।

सोमबार विहान ९ बजेको समयमा स्थानियले बम जस्तै देखिने बस्तु फेला परेपछि प्रहरी खबर गरेका थिए । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिए ।
सुनसरीको इटहरीमा बम डिस्पोज भएको केहि घण्टा नवित्दै इटहरीमै पुःन बम फेला परेको छ । विहान चारकोशे झाडी स्थित सेउती पुलमा २ वटा वम डिस्पोज भएको थियो । पुःन इटहरी १२ खनारमा बम भेटिएको छ । खनारमा बम भेटिएपछि डिस्पोजल टोली घट्नास्थल तिर आउँदै गरेको प्रहरीले जनाएको छ । यस अघि मोरङको सुन्दरहरैचा र सुनसरीको कोशी राजमार्ग अन्तरगतको पानीपियामा भेटीएको बमलाई नेपाली सेनाको डिस्पोज टोलिले निष्कृय पारेको छ ।

उता झापाको दमक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने रतुवा पुलमा पनि बम फेला परेको छ । रतुवा पुलमा प्रेसर कुकर बम फेला परेपछि करिब २ घण्टा यता पुर्वपश्चिम राजमार्ग अवरुद्ध छ । प्रेसर कुकर बमलाई चारआलीबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम फेला परेपछि राजमार्ग अवरुद्ध हुदा सवारीसाधानहरु जाममा परे । बिहानैदेखि विभिन्न ठाउँमा शंकास्पद वस्तु तथा बमहरु फेला परेको थियो । रतुवा पुलबाहेक झापाको गौरदहस्थित नवनिर्मित ट्राफिक भवन नजिकै पनि शंकास्पद वस्तु फेला परेको थियो । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद