May 27, 2019

जतासुकै बम,कहाँ कहाँ के भयो ?


त्यस्तै मोरङको सुन्दरहरैंचा–७ ठडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम भेटिएको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो । बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका थिए । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको थियो ।
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजारबाट करिब २ सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ ।

सोमबार विहान ९ बजेको समयमा स्थानियले बम जस्तै देखिने बस्तु फेला परेपछि प्रहरी खबर गरेका थिए । मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिए ।
सुनसरीको इटहरीमा बम डिस्पोज भएको केहि घण्टा नवित्दै इटहरीमै पुःन बम फेला परेको छ । विहान चारकोशे झाडी स्थित सेउती पुलमा २ वटा वम डिस्पोज भएको थियो । पुःन इटहरी १२ खनारमा बम भेटिएको छ । खनारमा बम भेटिएपछि डिस्पोजल टोली घट्नास्थल तिर आउँदै गरेको प्रहरीले जनाएको छ । यस अघि मोरङको सुन्दरहरैचा र सुनसरीको कोशी राजमार्ग अन्तरगतको पानीपियामा भेटीएको बमलाई नेपाली सेनाको डिस्पोज टोलिले निष्कृय पारेको छ ।

उता झापाको दमक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने रतुवा पुलमा पनि बम फेला परेको छ । रतुवा पुलमा प्रेसर कुकर बम फेला परेपछि करिब २ घण्टा यता पुर्वपश्चिम राजमार्ग अवरुद्ध छ । प्रेसर कुकर बमलाई चारआलीबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम फेला परेपछि राजमार्ग अवरुद्ध हुदा सवारीसाधानहरु जाममा परे । बिहानैदेखि विभिन्न ठाउँमा शंकास्पद वस्तु तथा बमहरु फेला परेको थियो । रतुवा पुलबाहेक झापाको गौरदहस्थित नवनिर्मित ट्राफिक भवन नजिकै पनि शंकास्पद वस्तु फेला परेको थियो । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि