८ वर्षिय बालकको मृत्यु भएपछी कान्ति बाल अस्पताल तनावग्रस्त

बैशाख १८, काठमाडौँ : महाराजगञ्जमा चिकित्सकले दिएको औषधी खाएर ८ वर्षिय बालकको मृत्यु भएपछी कान्ति बाल अस्पतालमा तनावग्रस्त भएको छ ।

बालकको मृत्यु भएपछी बालकको आफन्तले चिकित्सकको लापरवाहीका कारणले बालककाे मृत्यु भएको भन्दै कान्ति बाल अस्पतालमा प्रदर्शन गरेपछी त्यहाँको स्थिती तनावग्रस्त भएको हो

बालाजुका ८ वर्षे बालक अंकित खत्रीलाई मंगलबार पेट दुखेपछी उनको उपचारकोलागि उनका बुवाले महाराजगञ्ज रहेको कान्ति बाल अस्पतालमा लगेका थिए । चिकित्सकले ग्यास्ट्रिक भएको भनी खाली पेटमा खानका लागि औषधि दिएको र चिकित्सकको सल्लाह अनुसार बुधबार बिहान अंकितलाई खालीपेटमा उक्त औषधी खान दिएको, औषधी खाएपछी उनलाई रिंगटा लागि भुईमा लडेको र उनको शरिर पुरै निलो भएको उनका काकी मधु केसी बताएकी छिन् ।

उनी भुईमा लडेपछी उनलाई वीर अस्पताल भर्ना गरिए पनी वीर अस्पतालले कान्ति बाल अस्पतालमा नै रिफर गरेपछि बुधबार बिहान साढे सात बजे कान्ति अस्पताल नै पुर्याएको उनले बताएकी छिन् ।

बालकको मृत्यु भईसकिएपनीे कान्ति अस्पतालका चिकित्सकले बालक जिबित नै छ भनी बालकको छाती थिची रगत परीक्षण समेत गरेको र केही समयपछी बालकको मृत्यु भएको भनि घोषणा गरेको उनका काकी बताउँछिन् ।

चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गरेपछी बालकको स्वास्थ्य बिग्री उनको मृत्यु भएको भन्दै बालकका आफन्तले प्रदर्शन गरेपछी प्रहरीले होहल्ला गरेको भन्दै बालकका बुवा धनवीर खत्रीलाई केही बेर नियन्त्रणमा समेत लिएका थिए ।

यस अस्पतालका निदेर्शक डा. गणेश राईले घटना कसरी भयो बुझ्ने कोशिस गरिरहेको र त्यहाँको अवस्था शान्त पर्ने प्रयत्न भईरहेको जानकारी दिएका छन् । हाल अस्पताल प्रशासन र प्रहरी प्रशासनको बैठक अस्पतालमै बसे पनी मृतकको आफन्त भने त्यस बैठकमा सहभागी भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि