
कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शनिबार बिहान ७ बजे भेटिएको बमलाई सेनाको डिस्पोज टोलीले साढे ८ बजे निष्कृय पारेको हो।
यसअघि विहीबार विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको क्रममा पनि सोही स्थान नजिकै बम भेटिएको थियो।
पोखराको व्यस्त बजारमै बम भेटिएपछि स्थानीयवासी आतंकित बनेका थिए। बम कसले राखेको भन्ने बारेमा अहिलेसम्म कसैले जिम्मा नलिएको छैन। यसबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।
पत्रकारमाथि सेनाको दुर्व्यवहार
चिप्लेढुंगास्थित ट्रेड मल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको दृष्यको ‘भिडियो लाइभ’‘ गरिरहेका गण्डकन्यूज डटकमका पत्रकार अश्विन दानीमाथि नेपाली सेनाका एक अधिकृतले दुर्व्यवहार गरेका छन्।
ती अधिकारीले पत्रकार दानीको मोबाइलसमेत फुटाइदिएका छन्।
पत्रकार महासंघ कास्कीले दानीमाथि भएको दुर्व्यवहारको विरोध गरेको छ। शनिबारै एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले पत्रकारमाथि दुव्र्यवहार गरिनु र मोबाइल फुटाइनु प्रेसमाथिको नांगो हस्तक्षेप भएको बताएको छ।
घटनाको आवश्यक छानबिन गरी दोषी सुरक्षाकर्मी माथि कारबाही गर्न र उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन महासंघले माग सकमेत गरेको छ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद