समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्र्याकबाट करिब २० हजार कर्मचारी भर्ना गर्ने गरी तयारी सुरु भएको बताए । उनले भने, ‘ अब गरिने भर्ना फास्ट ट्र्याकबाट हुनेछ । यसो नगरे प्रक्रिया लम्बन्छ ।’ स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी भर्ना गर्न फास्ट ट्र्याकको बाटो अपनाउनु परेको पण्डितले जानकारी गराए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ

