March 18, 2019

विप्लव समूह आतंककारी : प्रधानमन्त्री

afn'jf6f/df ;f+;bsf] hnkfg ;df/f]x k|wfgdGqL s]kL zdf{ cf]nL ;/sf/nfO{ ;dy{g ug]{ k|ltlglw;ef, /fli6«o;ef / k|b]z;efsf ;b:ox?sf] ;Ddfgdf k|wfgdGqL lgjf; afn'jf6f/df a'waf/ cfof]lht hnkfg ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको समूह एकपछि अर्को आतंककारी गतिविधीतर्फ उन्मुख हुँदै गएका कारण सरकार कठोर बन्नु परेको बताए । आफूलाई आफैले राजनैतिक दलको संज्ञा दिएर विप्लव समूह विभिन्न विध्वंसात्मक र आतंककारी गतिविधीमा लागेको उनको आरोप छ । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग कुरा गर्दै ओलीले ‘विप्लव’ नेत्रृत्वको नेकपा कुनै दल विशेष र आधिकारिक नभइकन अनाधिकृत झुण्ड भएको बताए । उनले काहीं पनि दर्ता नभएका कारण यसलाई दल मान्न नसकिने र आधिकारिक रुपमा लिन नसकिने उनको तर्क छ ।

‘यो काहीं पनि दर्ता भएर आधिकारिक भएको छैन । त्यही पनि राजनैतिक दल हुँ भन्दै विभिन्न विध्वंस मच्चाउने काम गरिरहेको छ,’ उनले भने, ‘दल भएको भए आधिकारिक रुपमा दर्ता भएर जनताको सेवामा लाग्नु पर्छ । विध्वंस र आतंक मच्चाएर जनविरोधी गतिविधीलाई निरन्तरता दिएकै कारण उ माथि सरकारले प्रतिबन्ध लगाउने कठोर निर्णय लिनु पर्ने अवस्था आयो ।’ जनविरोधी गतिविधी गर्दै ठाउँ ठाउँमा बम पड्काएर जनतामा मार्दै हिंड्नेलाई आतंककारी भन्दा केही फरक नपर्ने ओलीको तर्क छ ।

उनले बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधि र जनतालाई धम्क्याउने एवं तर्साउने कार्य सरकारलाई मान्य नहुने स्पष्ट पारे । ‘बम पड्काएर आतंक सिर्जना गर्दै धम्क्याउने र तर्साउने काम भइरहेको छ,’ उनले भने, ‘अनि यस्तो गर्न पाइँदैन भनेर सरकारले प्रतिबन्ध लगाउँदा के को रुवाबासी ?’ विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गरे । ‘आफैलाई जवाफ दिन नसक्ने हिसावमा विप्लवका बारेमा कुरा नगर्न म सबै नेताजीहरुलाई आग्रह गर्छु,’ ओलीले भने, ‘दलका रुपमा कहीं दर्ता नभएको यो समूह कहिले कोब्रा समूह भनेर चिनिने र कहिले के भनेर चिनिने जस्तै हो ।’

ओलीले विप्लवलाई जनभावना अनुसार अघि बढेर राजनैतिक गतिविधी सञ्चालन गर्न र जनताको सेवामा लागेर जनताको मन जित्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले संविधान विपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने र यस्ता गतिविधिमा सधैं सरकार कठोर बन्ने स्पष्ट पारे । सरकारले समिति नै बनाएर वार्तामा बोलाउँदा पनि नआएपछि विप्लवमाथि कठोर निर्णय लिनु परेको उनको भनाइ छ । ओलीले सधैं अशान्ति मच्चाउने छुट कसैलाई पनि नभएको बताए । उनले विप्लवले उठाएका मुद्धा र राखेका माग सभ्य समाजले सुन्न सक्ने खालको नभएको टिप्पणी गरे ।

एक अर्को प्रशंगमा ओलीले तत्काल मन्त्रीपरिषद् पुर्नगठन नहुने जानकारी दिए । ‘खाली भएको मन्त्रालयलाई पूर्ण बनाउने हो,’ उनले भने, ‘एउटा मन्त्रालय खाली भएकाले त्यहाँ चैं पूर्ण बनाउने हो ।’ उनले अहिले तत्काल मन्त्रीपरिषद् पुर्नगठनका विषयमा सरकारको कुनै योजना नरहेको बताए । ओलीले पृथकतावादी सोंच बोकेका सीके राउतलाई सहमतिमा ल्याउन सक्नु सरकारको ठूलो उपलब्धी भएको बताए । ‘मुलुक नै टुक्राउनु पर्छ भन्ने पृथकतावादी सोंच त्यागेर उहाँ मूलधारमा आउनु भएको छ,’ उनले भने, ‘यसमा सरकारले सकारात्मक भूमिका खेल्न सक्यो ।’ ओलीले राम्रा कामको प्रसम्शा र नराम्रा कामको आलोचना गर्ने बानीको विकास सबैमा हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज