March 12, 2019

चैत ८ देखि कोरियन भाषा परीक्षाको आवेदन खुुल्ने

 

काठमाडौँ, २८ फाल्गुन । ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो ।

परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । दुवै दिन दुुई सिफ्टमा सञ्चालन हुनेछ । पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुनजे भएपनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ । एचआरडी कोरियाले सन् २०१९ का लागि १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ । जसमा उत्पादन मुलक क्षेत्रमा ७ हजार ५० र कृषि तथा पशुपालनको क्षेत्रमा तीन हजार जनाको कोटा निर्धारण गरिएको छ ।

Related image

एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आवेदन फारम भर्न सकिनेछ । उत्पादनमुलक क्षेत्रमा तीन उपक्षत्रेत्र र कृषितर्फ दुुई मध्ये एक उपक्षेत्र छनोट गर्नुपर्ने छ । भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ । त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन् । भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्रै यसमा सहभागी हुनेहरुको विपवरण प्रकाशित हुनेछ ।

भाषा परीक्षामा उत्तिर्ण भएपनि स्वास्थ्य परीक्षणमा असफल र प्रहरी रिपोर्ट प्रतिकुल हुनेले रोजगार आवेदन फारम भर्न पाउने छैनन् । परीक्षा फारम भर्न २४ डलर लाग्नेछ । जुन ग्लोबल आईएमई बैंकका शाखामा आईएमई पे तथा ई सेवा मार्फत जम्मा गर्नुपर्नेछ । भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ। परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी ईपीएसको वेवसाइडबाट हेर्न सक्नेछन् । तर कोरियामा कामदारको माग अनुसार उत्तिर्ण संख्या थपघट हुनसक्ने ईपीएस शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने