March 10, 2019

विखण्डनका कुरा उठाउने दल मूलधारमा आउनु सकारात्मक : नेता पाण्डे

 

गोरखा, २६ फागुन । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताएका  छन् ।नेपाल प्रेस युनियन गोरखा शाखाले आईतबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्नेे दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु भन्नु सकारात्मक भएको उल्लेख गरे ।

सिके राउतसँग भएको सम्झौताको आधिकारिक धारणा सरकारले सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै नेता पाण्डेले भने ‘सरकारसँग भएका सम्झौताका बुँदा र नेता राउतले ट्विट गर्नुभएको कुराले मेल नखाएको र फरक/फरक धारणा आउँदा त्यसले विवाद सिर्जना गर्छ ।’ नेपाली काङ्ग्रेसमा महाधिवेशनको चर्चाबारे पत्रकारको जिज्ञासामा उहाँले पार्टीभित्रका केही नेताले विज्ञप्ति निकाल्दैमा विशेष महाधिवेशन नहुने बताए। नेपाली काङ्ग्रेसमा अहिले चाहिनेभन्दा बढी लोकतान्त्रिक अभ्यास हुने गरेको छ तर त्यसले पार्टीलाई फाइदा नपुग्ने नेता पाण्डेको भनाइ थियो ।

विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ, हामीसँग अझै एकवर्ष समय बाँकी समय छ तर महाधिवेशनका लागि अनि हतारो किन भन्दै उनले सानो एजेण्डामा पनि वक्तव्यबाजी गर्ने कार्यशैलीले पार्टीमा विभाजनको रेखा कोरिने भएकाले यस्तो प्रवृत्ति अपनाउनु राम्रो होइन भने। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको